जाजरकोटका चार स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र

    • स्वास्थ्य पेज

  • ४ फाल्गुन २०७७, मंगलवार

जाजरकोटः स्वास्थ्य सेवा कार्यालय (आयुर्वेद शाखा) जाजरकोटले जाजरकोटका चार वटा स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरेको छ। संघीय सरकारको स्वीकृत वार्षिक कार्यक्रम अनुसार वारेकोट गाउँपालिका-२, लिम्सा, कुशे गाउँपालिका-६, थर्पु भार्मा, छेडागाड नगरपालिका-३, चुवाँ र जुनीचाँदे गाउँपालिका-११, मेसुमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो।

नियमित रुपमा बिरामी जाँच, निःशुल्क आयुर्वेद औषधि वितरण, पूर्वकर्म पञ्चकर्म सेवा, योगाभ्यास, ध्यान लगायत आधारभूत आयुर्वेद सेवाका साथै आयुर्वेद तथा जडिबुटी सम्बन्धी विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु ती आरोग्य केन्द्रबाट सञ्चालन हुने छन्।

आरोग्य केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति र औषधि लगायत अन्य आवश्यक सामग्रीको व्यवस्थापन आयुर्वेद शाखाबाट भएको हो।

आयुर्वेद उपचारको सेवा नपुगेका जिल्लाका विभिन्न पालिका र स्थानमा नागरिक आरोग्य सेवा केन्द्रमार्फत सेवा विस्तार गर्ने उद्देश्यले १ पालिका १ आयुर्वेद संस्थाको नीति अनुरुप संघीय सरकारले बजेट विनियोजन गरेको हो।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech