दोस्रो चरणको कोरोना खोप अभियानः बाँकेमा पहिलो दिन ५२ प्रतिशतले मात्र खोप लिए

    • स्वास्थ्य पेज

  • २ फाल्गुन २०७७, आईतवार

नेपालगन्जः पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका ४ सय बढी व्यक्तिले बाँकेमा कोरोना विरुद्धको खोप लगाएका छन् । भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज कोहलपुरगरी दुईवटा खोप केन्द्रमा ४ सय १८ व्यक्तीले खोप लगाएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिनुभयो ।

पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शब बाहन चालकगरी ५२ जना, जनप्रतिनिधि २७, स्थानीय तहका कर्मचारी १२१, निजामती कर्मचारी ५२, नेपाल प्रहरी २४, सशस्त्र प्रहरी ५९, बैंक तथा वित्तिय संस्थाका ४२ जना कर्मचारीले खोप लगाएका छन् । यस्तै प्राधिकरण तथा संस्थापनका ८ जना, न्याय सेवा समूहका १ जना र ३३ जना पत्रकारले खोप लगाएका छन् ।

बाँकेमा आज ७९८ जनालाई कोरोना विरुद्धको खोप दिने लक्ष्य थियो । तर लक्ष्यभन्दा झन्डै कम व्यक्तिले खोप लगाएका छन् । प्रतिशतका हिसावले हेर्ने हो भने ५२ दशमलव ५१ प्रतिशतले खोप लगाएको फोकलपर्सन वलीले जानकारी दिनुभयो ।

  • २ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech