पछिल्लो २४ घण्टामा १०४ संक्रमित थपिए, १३१ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २ फाल्गुन २०७७, आईतवार

काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय ४ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ५ सय १ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख १७ हजार ५० पुगेको छ।

गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ७९ जना क्वारेन्टाइनमा छन्।  गत २४ घण्टामा १ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको मन्त्रालयले जनाएको छ।


Nabintech