दोस्रो चरणको खोप अभियान आजदेखिः भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा खोप लगाइने

    • स्वास्थ्य पेज

  • २ फाल्गुन २०७७, आईतवार

नेपालगन्ज: दोस्रो चरणको कोरोना भाइरस विरुद्धको खोप अभियान आजदेखि सुरू हुँदैछ। सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी, पत्रकार र पहिलो चरणमा छुटेकाहरुलाई कोरोना खोप दिइनेछ।

बाँकेमा भेरी अस्पताल नेपालगन्ज र मेडिकल कलेज कोहलपुर खोप केन्द्रबाट खोप दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो । पहिलो चरणको दोस्रो प्राथमिकताको खोप फागुन २ देखि ८ गते सम्म सञ्चालन हुने छ । भारतले १० लाख डोज खोप ‘उपहार’ दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो। तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए । बाँकेमा भने ९९ प्रतिशत बढीले खोप लगाएका थिए

अब तीन लाख डोज बाँकी नै रहेको छ। सो खोप लगाउनका लागि आजबाट पहिलो चरणको दोस्रो अभियान सुरू हुँदै छ। सरकारको योजना अनुसार फन्टलाइरनमा खटिएका ९ लाख खोप दिने दिनुपर्ने थियो। तर, पहिलो चरणमा ५ लाखलाई पुग्ने खोप आएको छ।

  • २ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech