थपिए ५७ जना कोरोना संक्रमित

देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ६१४ पुगेको छ।


    • स्वास्थ्य पेज

  • १ फाल्गुन २०७७, शनिबार

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ६१४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ९२९ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ।

 

  • १ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech