नेपालगन्जः अस्पताल तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन हुने निश्चित

    • स्वास्थ्य पेज

  • १ फाल्गुन २०७७, शनिबार

नेपालगञ्जः नेपालगञ्जमा अस्पताल तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन हुने निश्चित भएको छ । स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि नेपालगञ्ज उप–महानगरपालिका र जर्मन सहयोग कार्यक्रम जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रम बीच शनिबार नेपालगञ्ज उप–महानगपालिकाकामा द्धिपक्षीय समभ्mदारीपत्रमा हस्ताक्षर भएको छ ।

समभ्mदारीत्रिमा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा र जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयाग कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार एलेक्कजेन्ड्रा पुलुस्केले हस्ताक्षर गर्नुभयो । स्वास्थ्यजन्य फोहार व्यवस्थापनका लागि प्राविधिक तथा उपकरणहरुको सहयोग जिआईजेडले गर्ने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले भवन निर्माण प्रक्रिया सुरु गरेको छ । समझ्दारीपत्रमा हस्ताक्षर गर्दै नगर प्रमुख डा. धवल शम्शेर राणाले स्वास्थ्य क्षेत्रको हवको रुपमा रहेको नेपालगञ्जमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन हुनु आफैमा ठुलो उपलब्धी भएको बताउनुभयो । उहाँले सम्झौता अनुसार उपमहानगरपालिकाले छिट्टै भवनको काम अघि बढाउने बताउनुभयो । नगर उपप्रमुख उमा थापा मगरले नगरको चाहनाको परियोजना सञ्चालन भएकोमा खुशी लागेको भन्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा गर्नुभयो । यसलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गरिने तयारी छ ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द्र वडा नम्बर ५ का अध्यक्ष कैफुल वरा जोलाह, कार्यपालिका सदस्य कौशलकुमार धोवी, जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमका प्राविधिक सल्लाहकार सुबास नेपाल लगायतको उपस्थिती थियो ।

  • १ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech