गेटामा निर्माणाधीन मेडिकल कलेज सञ्चालनको अन्तिम चरणमा

    • स्वास्थ्य पेज

  • १ फाल्गुन २०७७, शनिबार

कैलालीः कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज सञ्चालनको अन्तिम चरणमा पुगेको छ । कुनै अवरोध नआए अबको एक वर्षभित्र सुदूरपश्चिम प्रदेशमा पहिलो मेडिकल कलेज सुरु हुने भएको छ । ६ सय शय्याको अस्पताल र मेडिकल कलेजका लागि भवनलगायत २७ वटा पूर्वाधार संरचनाको निर्माण सकिन लागेको हो । ०७४ वैशाखदेखि कलेजको निर्माण सुरु भएको हो ।

मेडिकल कलेज निर्माण परियोजनाका इन्जिनियर पवन रावलका अनुसार हालसम्म ४ अर्बका विभिन्न ठेक्का भई काम अन्तिम चरणमा पुगेको हो । अस्पताल, कलेज, प्रशासनिक भवन, निवासलगायत सातवटा प्याकेजअन्तर्गत भवन पूर्वाधार बनेका छन् । पर्खाल, ५ वटा निवास भवन, तटबन्धको पनि नयाँ टेन्डर भइसकेको निर्माण समितिका कार्यकारी निर्देशक भीम साउदले बताउनुभयो ।

विद्युतीय संरचना, खानेपानी, फोहोर व्यवस्थापन, आन्तरिक ढल निकासलगायत संरचना निर्माणको डिजाइन इस्टिमेट भइरहेको समितिले जनाएको छ ।गेटा मेडिकल कलेज सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रका लागि कोसेढुंगा सावित हुने यहाँका अगुवाको विश्वास छ । प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले अब प्रदेशमै चिकित्सा शिक्षा अध्ययनको अवसर र उपचारमा सहजता हुने बताउनुभयो ।

  • १ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech