खाली पेट चिया पिउनु उपयुक्त हो त ?

    • स्वास्थ्य पेज

  • १ फाल्गुन २०७७, शनिबार

धेरै मानिसको बिहान उठ्ने बित्तिकै चिया पिउने बानी हुन्छ। तर, स्वास्थ्यका लागि यो बाँनी राम्रो होइन। तपाई पनि आफ्नो दिनको सुरुवात चियाबाट गर्नुहुन्छ भने त्यो बाँनी छोड्नुस्। खाली पेट चिया पिउँदा शरीरलाई घाटा पुग्छ।

बिहान खाली पेट चिया पिउँदा पाचन सम्बन्धी समस्या सुरु हुन्छन्। गट ब्याक्टेरिया पाचन प्रणालीलाई बलियो बनाउने काम गर्छन्। चिया पिउँदा गट ब्याक्टेरियामा क्षति पुग्छ। जसले गर्दा पाचन सम्बन्धि समस्या हुन थाल्छ।

बिहान खाली पेटमा चिया पिउँदा ओरल हेल्थमा असर गर्छ। जसले गर्दा हाम्रो मुखबाट नमिठो सस्मेल आउन थाल्छ। चियाबाट दिनको सुरुवात गर्ने मानिसमा युरिनको मात्र बढ्छ। शरीमा युरिनको मात्रा बढी हुँदा पानीको कमी हुनथाल्छ। शरीरमा पानीको कमी भए थुप्रै समस्या पैदा हुनसक्छ।

चियामा क्याफिन हुन्छ। क्याफिनको सेवनबाट दिनको सुरुवात गर्नु राम्रो हुँदैन। बिहान खाली पेट चिया पिउँदा पेट राम्रोसँग सफा हुँदैन। पेट सफा नहुँदा बिरामी हुने जोखिम बढ्छ। स्वस्थ रहनका लागि पेट सफा हुनु निकै आवश्यक हुन्छ। यस्तै बिहान खाली पेट चिया पिउँदा एसिडिटीको जोखिम पनि बढ्छ। त्यसैले बिहान खाली पेट चिया पिउनु स्वास्थ्यका लागि निकै जोखिमपूर्ण हुन्छ।

  • १ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech