७६ जना कोरोना संक्रमित आईसीयु र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • ३० माघ २०७७, शुक्रबार

तस्बिर:फाइल

काठमाडौंः नेपालमा ७६ जना कोरोना संक्रमित आईसीयु र भेन्टिलेटरमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विभिन्न अस्पतालहरुमा ६२ जना कोरोना संक्रमित आईसीयुमा उपचाररत छन् ।

जसमा बागमती प्रदेशमा सबैभन्दा बढी ३६ जना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ । यस्तै, लुम्बिनीमा २४ जना र गण्डकीमा ४ जना कोरोना संक्रमित आईसीयुमा छन् । यस्तै, १४ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

जसमा बागमती प्रदेशमा ११ जना र लुम्बिनी प्रदेशमा ३ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदैछ । मन्त्रालयकाअनुसार शुक्रबारसम्म १ हजार ४ जना कोरोना संक्रमितहरु विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

  • ३० माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech