नेपाल परिवार नियोजन संघको महानिर्देशकमा डा नरेशप्रताप केसी नियुक्त

    • स्वास्थ्य पेज

  • ३० माघ २०७७, शुक्रबार

काठमाडौंः नेपाल परिवार नियोजन संघको महानिर्देशकमा डा नरेशप्रताप केसी नियुक्त हुनु भएको छ ।

उहाँ एक वर्षका लागि संघको महानिर्देशकमा नियुक्त हुनुभएको हो । डा केसीले आइतबारबाट आफ्नो जिम्मेवारी सुरु गर्ने बताउनुभयो ।

नेपाल सरकारको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गरेका उहाँले स्वास्थ्य सेवा विभाग अन्तर्गत तत्कालिन आपूर्ति व्यवस्था महाशाखा, व्यवस्थापन महाशाखा, परिवार स्वास्थ्य महाशाखा, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

  • ३० माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech