शुक्रबार देशभर १२७ जना कोरोना भाइरस संक्रमित थपिए, १३६ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ३० माघ २०७७, शुक्रबार

काठमाडौं:देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३६ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ ।

गएको २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या २ हजार ५४ पुगेको छ।

देशभर १ हजार ७०७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • ३० माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech