कर्णालीमा कुपोषण समस्या भयावह

    • स्वास्थ्य पेज

  • ३० माघ २०७७, शुक्रबार

सुर्खेतः विकासका हरेक सूचकाङ्कमा पछाडि परेको कर्णाली प्रदेशमा बहुसंख्यक नागरिक गरिबीको रेखामुनी छन् । प्रदेशको गरिबी दर ५१ प्रतिशत छ । कर्णाली आर्थिकरूपमा विपन्न र सामाजिक रूपले पिछडिएको छ ।

सरकारी तथ्याङ्क केलाउँदा पछिल्ला केही वर्षयता कर्णालीमा कुपोषणको दर पनि निकै डरलाग्दो देखिएको छ । प्रदेशमा ४७.८ प्रतिशत पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपनाको समस्या छ ।

त्यस्तै १७ं.६ प्रतिशत बालबालिकामा ख्याउटेपना र ३७.४ प्रतिशतमा कम तौलको समस्या देखिएको छ । ४८ प्रतिशत बालबालिका रक्तअल्पताबाट पीडित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङले बताउनुभयो ।

३० प्रतिशत बालबालिकाले न्यूनतम आहारसमेत उपभोग गर्न पाउँदैनन् । प्रदेशका कतिपय नागरिक सन्तुलित आहारबाट बञ्चितमात्र छैनन्, छाक टार्नै मुस्किल पर्ने अवस्थामा छन् ।

कर्णालीमा कुपोषणले जरा गाड्नुको प्रमुख कारण पर्याप्त पोषिलो खाना खान नपाउनु नै भएको स्वास्थ्यकर्मी बताउँछन् । निर्देशनालयका अनुसार कर्णालीका एकचौथाई नागरिकले मात्र न्यूनतम आहार उपभोग गर्न पाउने गरेका छन् ।

सन् २०२५ सम्ममा देशमा कुपोषणको दर शून्यमा झार्ने सरकारको पोषणसम्बन्धी राष्ट्रिय लक्ष्य छ । तर, कर्णालीको अहिलेको अवस्था हेर्दा राष्ट्रिय लक्ष्य भेटाउन सहज छैन् ।

 

  • ३० माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech