सरकारले पीसीआार परीक्षणको मूल्य घटायो, अव एक हजारमै परीक्षण

    • स्वास्थ्य पेज

  • २९ माघ २०७७, बिहीबार

काठमाडौंः सरकारले पीसीआर विधिबाट गरिने कोरोना परीक्षण शूल्कको समायोजन गरेको छ ।

अब सरकारी प्रयोगशालाहरुमा कोभिड परीक्षणको शुल्क समायोजन गरी रु एक हजार निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

कोभिड १९को रोकथाम तथा नियन्त्रणको सम्बन्धमा बिहीबार बसेको आइसीएसको बैठकले निर्णय गरेको हो। यसअघि कोरोना परीक्षणको शुल्क २ हजार लिने गरिएको थियो।


Nabintech