डा केसीद्धारा फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा

    • स्वास्थ्य पेज

  • २९ माघ २०७७, बिहीबार

काठमाडौंः चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले आफ्ना माग पूरा नभए फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्नुभएको छ ।

डा केसीले बिहीबार एक विज्ञप्ति जारी गरी आफूले उठाएका तीन बुँदे माग पूरा नभए सत्याग्रह सुरु गर्ने घोषणा गर्नभएको हो । उहाँले प्रतिनिधि सभा विघटनको प्रयासबाट संविधानको रक्षा गर्न र संवैधानिक निकायहरुमा गरिएका नियुक्ति रद्द गर्न माग गर्नुभएको छ ।

आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न, चिकित्सा शिक्षालाई गैरनाफामुलक बनाउन, सबै सार्वजनिक संस्थामा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरु कार्यान्वयन गर्न डा केसीले माग छ ।

आफूसँग भएका कतिपय सम्झौताहरु कार्यान्वयन नभएको भन्दै डा केसीले आपत्ति जनाउनुभएको छ । मेडिकल शिक्षालाई गैरनाफामुलक बनाउने भन्ने ऐनका प्रावधानहरु कार्यान्वयन गर्ने सम्बन्धमा कुनै प्रगति नभएको उहाँले बताउनुभएको छ ।

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech