नेपालगन्ज: बाँकेका सिडिओ राम बहादुर कुरुम्वाङ र बर्दियाका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई प्रधानसेनापति प्रशंसा निशान तथा प्रशस्ती पदकबाट सम्मानित गरिने भएको छ।
नेपाली सेनाले आफ्नो स्थापना दिवसको दिन कुरुम्वाङ र श्रेष्ठलाई पदक दिने घोषणा गरेको हो । कुरुम्वाङ र श्रेष्ठले कोभिड नियन्त्रण, निदान र उपचारमा उल्लेखनीय भुमिका निभाएको सेनाले निस्कर्ष निकालेको छ ।
उहाँहरुलाई शिबरात्रीको दिन एक समारोहका साथ पदक दिने सेनाले जनाएको छ ।