प्रेग्नेन्सी किट : कस्तो अवस्थामा कसरी गर्ने परीक्षण ?

    • स्वास्थ्य पेज

  • २९ माघ २०७७, बिहीबार

कुनै पनि समयमा गर्भावस्थाको परीक्षण आवश्यक हुन सक्छ । असुरक्षित यौन सम्पर्कको कारण होस् या चाहेरै राखिएको गर्भको समेत परीक्षण गर्न समेत यो किट प्रभावकारी मान्न सकिन्छ ।

सामान्यतया प्रेग्नेन्सी टेस्ट किट दुई प्रकारको हुन्छ

१ स्ट्रिप प्रेग्नेन्सी टेस्ट

यो प्रेग्नेन्सी टेस्ट किटको प्रमुख प्रकार हो । तपाईं आफ्नो पिसाबको धारमा यसलाई देख्न सक्नुहुन्छ । यदि तपाईंको पिसाबमा एचसीजी हार्माेन मिसिएको छ भने स्ट्रिपको एक किनाराको रंग परिवर्तन हुने गर्छ । यसले संकेत गर्छ कि तपाईं गर्भवती हुनुभएको छ ।

२. कप परीक्षण किट

यस किटमा परीक्षण उपकरणको साथ पिसाब एकत्रित गर्नको लागि एक कपको व्यवस्था हुन्छ । यस कपमा पिसाब लिएपछि परीक्षण उपकरणलाई कपमा डुबाउनुहोस् । यदि पिसाबमा एचसीजीको मात्रा देखिएको छ भने यसको रंग बदलिन्छ । यस्तो अवस्थामा तपाईं गर्भवती भएको पुष्टि हुन्छ ।

प्रेग्नेन्सी टेस्ट किटको फाइदा

प्रेग्नेन्सी टेस्ट किटको उपयोग हरेक पटक डाक्टरलाई देखाउनुपर्ने समस्याबाट बचाउनको लागि उपयोगी हुन्छ । जुन महिला गर्भवती हुन्छिन्, त्यतिबेला आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनको लागि गर्भावस्था परीक्षण किटको एउटा सानो प्याक राख्ने गरिन्छ । एक पटक परिणाम सकारात्मक आएपछि त्यो प्रसवपूर्व परीक्षणको लागि अस्पताल जाने गरिन्छ ।

अर्काेतर्फ अहिले नै गर्भ राख्न नचाहेका महिलाहरूको लागि पनि असुरक्षित यौनसम्पर्क भएको अवस्थामा यस्तो परीक्षण किटले उनीहरूलाई गर्भ रहेको वा नरहेको पत्ता लगाउन मद्दत गर्ने गर्छ । समयमै यसको बारेमा जानकारी मिल्यो भने गर्भ फाल्न सकिन्छ । अतः यो दुवै पक्षको लागि फाइदाजनक मानिन्छ ।

प्रेग्नेन्सी टेस्ट किट कस्तो अवस्थामा प्रयोग गर्ने ?

यदि तपाईं पहिलेदेखि नै प्रेग्नेन्सीको कोसिसमा हुनुहुन्छ या कुनै पनि अन्य कारणले असुरक्षित संभोग भएको अवस्थामा यो किटको परीक्षण आवश्यक हुन्छ । कहिलेकाही कुनै कारणले कण्डम या अन्य गर्भनिरोधक औषधिहरुले काम नगर्न सक्छ । त्यस्तो अवस्थामा सहजै यो परीक्षणविधिको माध्यमबाट प्रेग्नेन्सी टेस्ट गरेर आफू सुरक्षित हुन सकिन्छ ।

सामान्यतया गर्भाशयमा अण्डा प्रत्यारोपित ५ देखि १२ दिनपछि पिसाबमा एचसीजीको मात्रा देखिन थाल्छ । प्रेग्नेन्सी टेस्ट किटको उपयोग गर्ने सबैभन्दा राम्रो समय भनेको बिहानको समय हो । जब गर्भावस्थाको हार्माेन पिसाबमा आफ्नो अधिकतम स्तरमा हुन्छ भने एक सटिक परिणाम प्राप्त गर्ने सम्भावना अघिल्लो दिनको पिसाबमा सबैभन्दा धेरै हुन्छ ।

यसका अतिरिक्त यदि तपाईंले असुरक्षित यौन सम्बन्ध राख्नु भएको छ र तपाईंको महिनावारी रोकिएको छ वा थकान, स्तनमा हल्का दुखाइ आदिको महसुस भयो भने जाँच्नु आवश्यक हुन्छ कि तपाईं गर्भवती हुनु भयो कि भएन ?

प्रेग्नेन्सी टेस्टको कसरी गर्ने प्रयोग ?

प्रेग्नेन्सी टेस्ट किटको प्रयोग सजिलै गर्न सकिन्छ । हिजोआज कैयौं किसिमको किट उपलब्ध छ । तर यसको प्रयोगको तरिका एक समान हुने गर्छ ।

१. तपाईं आफ्नो किटका अनुसार जुनसुकै विधि अपनाउन सकिन्छ । सो विधिमा पिसाबको नमुना उपयोग गर्नका लागि मिडस्ट्रीम नमुनाको उपयोग गर्न सकिन्छ । जसको अर्थ हो कि पिसाबलाई एकत्रित गर्नुभन्दा पहिले थोरै पिसाब निस्किन दिनुहोस् ।

२. यदि तपाईं स्ट्रिपमा पिसाब गरिरहनु भएको छ भने यो सुनिश्चित गर्नुहोस् कि यो कति समय गर्नुपर्छ । किनकि केही किटमा निर्देश गरिएको हुन्छ कि ५ मिनेटभन्दा धेरै यसको उपयोग नगर्नुहोस । समयलाई देख्नको लागि तपाईं स्टपवाचको प्रयोग पनि गर्न सक्नुहुन्छ ।

३. पिसाबको केही थोपा राख्नको लागि ड्रपरको उपयोग गर्न सकिन्छ । यो कप किट विधिका लागि उपयोगी छ । पिसाबको थोपा सही निर्देशित ठाउँमा राख्नुहोस् । केही ब्राण्डको किटमा तपाईंलाई स्टिकको अवशोषक वाला भाग पिसाबमा डुबाउनु होस् र ५ देखि १० सेकेण्डको लागि रोकिएर फेरि सोही अनुसार परीक्षण गर्न सकिन्छ ।

४. अब केही समय कुर्नुहोस् । टेस्ट स्टिकलाई एउटा सफा ठाउँमा राख्नुहोस् । यस्तो परीक्षणमा ५ मिनेटमा परिणाम आउने गर्छ । तर केही किटले परिणाम दिन १० मिनेटसम्म  लगाउने गर्छन् ।

५. त्यसपछि निर्धारित समयसम्म यसको परिणामका लागि कुर्नुहोस् । यदि तपाईंको परिणामबारे बुझ्न कठिन छ ।

प्रेग्नेन्सी टेस्ट किटको नतिजा

यदि तपाईंले आफ्नो पिरियड्स रोकिनुभन्दा पहिले नै यस्तो परीक्षण गर्नुभयो भने यस्तो परीक्षण ९९ प्रतिशतसम्म मिल्ने सम्भावना रहन्छ । यसका बाबजुद पनि कहिलेकाहीँ टेस्ट गर्नमा केही समय लापरबाहीका कारण पनि परिणाम गलत आउन सक्छ । जसलाई गलत सकारात्मक या गलत नकारात्मक परीक्षण समेत भन्ने गरिन्छ । यस्तो एचसीजी हार्माेनको गलत परीक्षणको कारण पनि हुने गर्छ ।

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech