दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान फागुन २ गतेदेखि

    • स्वास्थ्य पेज

  • २८ माघ २०७७, बुधबार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्दको खोप अभियान फागुन २ गतेदेखि गर्ने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)ले दोस्रो चरण खोप अभियानमा खोप लगाउने प्राथमिकताको सूची छिटै मन्त्रालयको वेवसाइटमा राखिने जानकारी दिनुभयो ।

सरकारले पहिलो चरणको खोप अभियान माघ १४ गतेदेखि सुभारम्भ गरेको थियो। पहिलो चरणमा कोभिड १९ को उपचार नियन्त्रणमा खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, कारागारका कर्मचारी, कैदीलगायतलाई खोप लगाइएको थियो।

नेपालमा भारतले अनुदान स्वरुप उपलब्ध गराएको अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनीसेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप लगाइएको छ। भारतले नेपालमा अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको थियो।

  • २८ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech