अबदेखि सरकारी अस्पतालमा मात्र कोरोनाका बिरामीको उपचार हुने

    • स्वास्थ्य पेज

  • २८ माघ २०७७, बुधबार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोभिड-१९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम९आइसिएस०ले आजदेखि सरकारी अस्पताललाई मात्र कोभिड अस्पताल तोक्ने निर्णय गरेको जानकारी दिनुभयो ।

कोभिड-१९ लागि तोकिएका मेडिकल कलेजहरुमा आजसम्म भर्ना भई उपचाररत संक्रमितहरुको आजका मितिले १० सम्मको मात्र सोधभर्ना उपलब्ध गराइने उहाँले स्पष्ट पार्नुभयो ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित बढेपछि सरकारीका साथै निजी मेडिकल कलेजलाई पनि कोभिड अस्पताल तोकेको थियो।

  • २८ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech