चीनको प्रयोगशालाबाट कोरोना फैलिएको भेटिएन: विश्व स्वास्थ्य संगठन

    • स्वास्थ्य पेज

  • २८ माघ २०७७, बुधबार

कोरोनाभाइरस चीनको प्रयोगशालाबाट बाहिर नफैलिएको विश्व स्वास्थ्य संगठनका विज्ञ समूहले जानकारी दिएका छन् ।

चीनको वुहान पुगेका डब्लूएचओका खाद्य सुरक्षा तथा जीवसम्बन्धी रोगविज्ञ पिटर बेन एम्बरेकले पत्रकारसम्मेलन मार्फत सो कुराको जानकारी दिएका हुन् ।

यसबारे थप अध्ययन ,ठोस र लक्षित अनुसन्धान गर्नुपर्ने संगठनका विज्ञहरुले जनाएका छन् । अनुसन्धान टोलीमा विश्व स्वास्थ्य संगठनका विज्ञ र चिनियाँ स्वास्थ्य अध्येताहरुको समेत सहभागिता थियो ।

कोरोना भाइरस सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानबाट फैलिएको अनुमान गरिएको छ ।२०१९ को डिसेम्बर महिनाको अन्तिम तिर हुबेई प्रान्तको राजधानी उहानमा कोरोना भाइरसको विरामी देखा परेका थियो ।

वुहानको माछा बजारमा पहिलोपटक भाइरसको संक्रमण देखिएको भन्ने कुराको तथ्यबारे कुनै पुष्टि नभएको संगठनका विज्ञहरुले बताएका छन् । चिनले समेत उक्त आरोपको बारम्बार खण्डन गर्दै आएको छ ।

त्यसबारे अध्ययनका लागि जनवरी १४ मा डब्लूएचओको टोली चीनको उहान पुगेको थियो ।

  • २८ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech