बच्चाले पटक पटक बान्ता गर्दै छ ? नआत्तिनुहोस् घरमै यसरी गर्न सकिन्छ उपचार

    • स्वास्थ्य पेज

  • २७ माघ २०७७, मंगलवार

बच्चालाई बान्ता हुनु सामान्य कुरा हो। भाइरसको संक्रमण, मोसन सिकनेस वा फुड प्वाइजनका कारण बच्चालाई बान्ता हुन सक्छ। तर, पटक-पटक बान्ता भइरह्यो भने ध्यान दिनुपर्छ।

बच्चाले बान्ता गर्नेबित्तिकै मानिसले मेडिकल वा अस्पताल पुगेर औषधी ख्वाउने गर्छन्। त्योभन्दा घरेलु उपचार निकै उपयोगी हुन्छ। साना बच्चाको इम्युनिटीपावर कमजोर हुन्छ। उनीहरूले औषधीको साइड इफेक्टलाई पचाउन सक्दैनन्। त्यसैले बच्चालाई बान्ता भइरहेको भए घरेलु बिधिबाट उपचार गर्नुपर्छ।

अदुवा र मह

बान्ता हुँदा अदुवाले अचुक औषधीको काम गर्छ। अदुवाको सानो टुक्राबाट रस निकाल्ने र त्यसलाई महमा मिलाउनुपर्छ। दिनमा दुईदेखि तीन पटक बच्चालाई यो खुवाउँदा यसले अचुक औषधीको काम गर्छ। यसले बान्ता रोक्नुका साथै पाचनप्रणालीलाई बलियो गर्छ।

पुदिनाको रस

ताजा पुदिनाले पनि बच्चामा उल्टि रोक्न सहयोग गर्छ। पुदिनाका ताजा पात लिने र त्यसबाट रस निकाल्ने। एक चम्मच पुदिनाको रसमा एक चम्मच कागतिको रस मिलाउने। यसलाई मिठो बनाउन अलिकति मह मिलाउन सकिन्छ। र, यो बच्चालाई खुवाउँदा यसले बान्ता रोक्न सहयोग पुग्छ।

चामलको पानी

ग्यास्ट्राइटिसका कारणले हुने बान्तालाई रोक्नका लागि चामलको पानी निकै दाभदायक हुन्छ। चामल पानी बनाउनका लागि ब्राउन राइसको सट्टा सेतो चामलको प्रयोग गर्नुपर्छ। एक कप चामललाई दुई कप पानीमा उमाल्ने। पानी आधा बचेपछि त्यसलाई चिसो पारिदिने। र, पानीलाई छानेर बच्चालाई पिलाउने। यसो गर्दा पनि बच्चालाई भइरहेको बान्ता रोकिन्छ।

अलैची र ल्वाङ

बच्चालाई भइरहेको बान्तालाई रोक्नका लागि निकै उपयोगी घरेलु उपचार मध्ये एक हो अलैली। दालचिनीले बच्चाको पेटलाई आराम मिल्छ। र, बच्चाको पेटलाई पनि आराम मिल्छ। आधा चम्चा अलैजीको बिउलाई पिस्ने। यसमा चिनी मिलाउने। र, बच्चालाई चटाउने। यसको मिश्रणबाट बच्चाको बान्ता रोकिन्छ।

सौफ

पादन प्रणालीलाई आराम दिन सौफले काम गर्छ। एसको बिउमा एन्टिमाइक्रोबिल गुण हुन्छ। जसले बच्चामा मचमची र बान्ता हुनबाट बचाउँछ। एक कप पानीमा एक चम्चा सौफ राखेर ५ देखि १० मिनेटसम्म उमाल्ने। पानी चिसो भएपछि छानेर बच्चालाई पिलाउने। दिनमा ३ देखि ४ पटक बच्चालई यो पानी पिलाउनुपर्छ।

  • २७ माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech