बाँकेका पत्रकारलाई खोप दिने कार्यक्रम स्थगित

    • स्वास्थ्य पेज

  • २६ माघ २०७७, सोमबार

नेपालगन्जः बाँकेका पत्रकारलाई भोलि दिने भनिएको कोरोना बिरुद्धको खोप तत्कालका लागि स्थगित भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले भोलि बाँकेका पत्रकारलाई कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम तय गरेको थियो ।

तर लुम्बिनी प्रदेश सरकारले उक्त कार्य नगर्न भनेपछि कार्यक्रम रोकिएको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले बाँकेमा पत्रकारलाई खोप लगाउने निर्णय स्थगित गरेको हो ।

  • २६ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech