२४ घण्टामा १३० संक्रमित थपिए, ७ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २६ माघ २०७७, सोमबार

काठमाडौंः पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६१ महिला र ६९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ। पछिल्लो २४ घन्टामा ३ हजार ३३३ स्वाब परीक्षण गराउँदा १३० जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै सोमबार थप १९४ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ६८ हजार २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ। यस्तै सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ। यो सहित मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ।

अहिले १७ सय ४४ जना आइसोलेसनमा छन् भने ९२ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार ६३ जनाको आइसीयू र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

  • २६ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech