भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार नाघ्यो

    • स्वास्थ्य पेज

  • २६ माघ २०७७, सोमबार

नयाँदिल्लीः भारतमा पछिल्लो २४ घण्टा कोरोना सङ्क्रमणको कारण थप ८४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५५ हजार ८० जना पुगेको छ ।

भारतमा धेरै समयपछि गत दुई दिनयता कोरोना भाइरस सङ्क्रमणको कारण एक दिनमा १०० भन्दा कम मानिसको मृत्यु भएको छ।

गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ। सो दिनदेखि हालसम्म करिब ५८ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड आठ लाख ३८ हजारभन्दा बढी पुगेको छ।

विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ८३१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड आठ लाख ३८ हजार १९४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड पाँच लाख ३४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ४८ हजार ६०९ जना सक्रिय सङ्क्रमित रहेका छन्।

 

  • २६ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech