बाँकेका पत्रकारहरुले भोलि कोभिड विरुद्धको खोप लगाउने

    • स्वास्थ्य पेज

  • २६ माघ २०७७, सोमबार

नेपालगन्जः बाँकेका पत्रकारहरुले भोलि कोरोना भाइरस विरुद्धको खोप लगाउने भएका छन् । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि बाँकेमा भोलि पत्रकारहरुलाई लगाउन लागिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने काठमाडौंका पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई आजैदेखि लगाउन भनिसकेको छ ।

भोलि विहान १० बजेदेखि भेरी अस्पतालमा रहेको खोप केन्द्रमा पत्रकारलाई खोप लगाइने छ । त्यसका लागि आफ्नो संस्थागत परिचय पत्र अनिवार्य गरिएको फोकल पर्सन वलीले बताउनुभयो ।

  • २६ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech