बैतडीकी नीरा बोहोराले चौथोपटक शल्यक्रियामार्फत जन्माइन् शिशु

सामान्यतः तीन पटकभन्दा बढी शल्यक्रिया गरेर बच्चा जन्माउनु जोखिमपूर्ण मानिन्छ । चौथोपटक सफल शल्यक्रिया गरिएको नीराको ‘केस’ भने दुर्लभ भएको डा शर्माले बताउनुभयो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ ।


    • स्वास्थ्य पेज

  • २६ माघ २०७७, सोमबार

नेपालगन्जः बैतडीकी नीरा बोहोराले चौथोपटक शल्यक्रियामार्फत शिशु जन्माउनुभएको छ । ३७ वर्षीया नीराको काठमाडौंको नर्भिक अस्पतालमा आइतवार चौथो शल्यक्रिया गरिएको हो ।

यसअघि तीनपटक शल्यक्रिया गरेर जन्मिएका बच्चामध्ये पहिलो र दोस्रोको मृत्यु भएको थियो । तेस्रो र अहिले जन्मएको बच्चा भने स्वस्थ रहेको शल्यक्रियामा संलग्न वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा नूतन शर्माले जानकारी दिनुभयो ।

सामान्यतः तीन पटकभन्दा बढी शल्यक्रिया गरेर बच्चा जन्माउनु जोखिमपूर्ण मानिन्छ । चौथोपटक सफल शल्यक्रिया गरिएको नीराको ‘केस’ भने दुर्लभ भएको डा शर्माले बताउनुभयो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ ।

  • २६ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech