बंगलादेशमा पनि कोरोना विरुद्धको खोप दिन सुरु

    • स्वास्थ्य पेज

  • २५ माघ २०७७, आईतवार

ढाकाः बंगलादेशमा आइतबारबाट कोरोना विरुद्धको खोप सर्वसाधारणलाई दिन सुरु गरिएको छ। गत महिनाको अन्तमा दुई दिने परीक्षणस्वरुप कोरोनाको खोप शुरु गरेको बंगलादेशले आइतवारबाट भने देशव्यापी सुरु गरेको हो ।

बंगलादेशी स्वास्थ्य मन्त्री जाहिद मालेकले राजधानी ढाकाबाट भिडियो कन्फरेन्सिङगका माध्यमबाट स्वास्थ्यकर्मीहरुलाई सम्बोधन गर्दै विशाल खोप अभियानको उदघाटन गर्नुभएको छ ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले २८ जनवरीमा ढाकामा परीक्षणस्वरुप यो खोप दिइएको र आइतबारदेखि यस खोप अभियान शुरु भएको हो। यस परीक्षणमा देशका ५२९ जना स्वास्थ्यकर्मीले खोप लिएका थिए।

प्रधानमन्त्री शेख हसिनाले संसदमा गरेको सम्बोधनमा सरकारले प्राथमिकताका आधारमा १ करोड ६९ लाखलाई खोप दिन पर्याप्त व्यवस्था गरेको बताइएको छ।

बंगलादेशलाई जनवरी २१ मा अक्सफोर्ड र एस्ट्राजेनेकाबाट निर्मित २० लाख खोपको भारतले उपहार दिएको थियो। बंगलादेशले भारतको सेरम संस्थानबाट खोपको ५० लाख डोज किनेको छ। उक्त खोप जनवरी २५ मा नै बङ्गलादेश आइपुगेको थियो।

  • २५ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech