६७ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • २५ माघ २०७७, आईतवार

काठमाडौंः देशभर हाल ६७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ५६ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ र प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा २५ आइसियु र ८ भेन्टिलेटरमा, गण्डकीमा ३ जना संक्रमित मात्र आइसियुमा छन्। लुम्बिनी प्रदेशमा २६ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन्। सूदुरपश्चिम प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

  • २५ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech