कोरोना संक्रमणबाट सुर्खेतकी ६१ वर्षीया महिलाको मृत्यु

योसँगै कर्णालीमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।


    • स्वास्थ्य पेज

  • २५ माघ २०७७, आईतवार

सुर्खेतः कोरोना भाइरस संक्रमणबाट सुर्खेतमा थप एकजना महिलाको मृत्यु भएको छ । प्रदेश अस्पताल, सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका- ६ की ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा माघ १५ गते ती महिलालाई कोभिड १९ संक्रमण पुष्टि भएको थियो । त्यसको तीन दिन पछि उनलाई प्रदेश अस्पतालको कोभिड १९ आईसियूमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा आज विहान ४ः ३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोगबाट समेत पीडित भएको बताइएको छ । योसँगै कर्णालीमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

  • २५ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech