२० लाख डोज ‘कोभिसिल्ड’ खरिद गर्ने सरकारको तयारी

    • स्वास्थ्य पेज

  • २५ माघ २०७७, आईतवार

काठमाडौंः भारतको सेरम इन्स्टिट्यूटले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप नेपालले खरिद प्रक्रिया अघि बढेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा भिमसिंह तिँकरीले ‘कोभिसिल्ड’ खोपका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो ।

हालसम्म कति मूल्यमा खरिद गर्ने भन्ने एकिन नभएको डा तिँकरीले बताउनुभयो । ‘मुल्यको विषयमा कुरा भइरहेको जानकारी दिँदै उहाँले अन्य मुलुकले किनेको भन्दा कम मूल्यमा दिने गरी खरिद गर्ने कुराकानी भइरहेको बताउनुभयो ।

गत माघ १४ गतेबाट नेपालमा भारत सरकारले उपहार मार्फत दिएको सेरम् इन्सिच्यूटको खोप अग्रपंक्तिमा खटिनेहरुलाई लगाइसकेको छ । पहिलो चरणको खोप अभियान शनिबार नैं सकिएको छ।

‘स्वास्थ्यमन्त्री ह्रदय त्रिपाठीले भारत सरकारसँग गर्नुभएको अनुरोधपछि सेरम इन्स्टिट्युटले उत्पादन गरेको खोप ल्याउने तयारी अन्तिम चरणमा पुगेको डा तिँकरीले बताउनुभयो ।

नेपालले खोप खरिदको लागि भारतसँग २० लाख डोज प्रस्ताव गरेको छ। ‘फागुनको पहिलो सातासम्म नेपालमा खोप आउने आशा गरिएको छ।

  • २५ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech