बाँकेमा पहिलो चरणमा ९९.३४ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

    • स्वास्थ्य पेज

  • २५ माघ २०७७, आईतवार

नेपालगन्जः बाँकेमा पहिलो चरणमा ४ हजार ९ सय ६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो हिसावले हेर्दा बाँकेमा पहिलो चरणमा ९९.३४ प्रतिशतले खोप लगाएका छन् ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीका अनुसार, पहिलो चरणमा ५ हजारलाई खोप लगाउने लक्ष्य निर्धारण गरिएको थियो । लक्ष्यअनुसार खोप लगाइएको उहाँको भनाइ छ ।

पहिलो चरणमा बाँकेमा १७ हजार डोज खोप उपलब्ध भएकोमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमसेविका, एम्बुलेन्स र शव बाहन चालक, बृद्धाश्रममा बस्ने व्यक्ति, कैदीबन्दी र तिनको सुरक्षामा खटिएका सुरक्षकर्मी र सरसफाईकर्मीलाई खोप दिइएको हो ।

पहिलो डोज खोप लगाएकाले अव २८ दिनपछि दोस्रो डोज खोप लगाउने छन् । बाँकेमा दोस्रो चरणको खोपको लागि तयारी सुरु गरिएको फोकलपर्सन वलीले बताउनुभयो ।

पहिलो चरणमा खोप लगाउनेहरुको विवरण

  • २५ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech