कोभिड-१९ विरुद्धको पहिलो चरणको खोप अभियान सम्पन्न,१ लाख ८४ हजार बढीले खोप लगाए

खोप अभियानअन्तर्गत सरकारले दोस्रो चरणको खोप दिने वर्गमा पत्रकार,कूटनीतिकक नियोगका अधिकारीहरुलाई समेट्ने भएको छ । पहिलो चरणको खोप अभियान सकिएपछि मन्त्रालयले दोस्रो चरणको कार्यक्रम सुरु गर्ने योजना बनाएको हो


    • स्वास्थ्य पेज

  • २४ माघ २०७७, शनिबार

तस्बिर:फाइल

काठमाडौं:कोभिड-१९ विरुद्धको पहिलो चरणको खोप अभियानमा देशभर १ लाख ८४ हजार बढीले खोप लगाएका छन् । ७७ जिल्लाका विभिन्न खोप केन्द्रहरुबाट १ लाख ८४ हजार ८५७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर १ मा २४ हजार २२४, प्रदेश नम्बर २ मा २५ हजार ६३७, वाग्मतीमा ६३ हजार ३०८ जनाले खोप लगाएका छन् । त्यस्तै गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिममा १४ हजार ८५५ जनाले खोप लगाएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गदैै खोप अभियानलाई सफलतापूर्वक सन्चालन गर्न सहयोग गर्ने निकायहरु, खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरु र अवाञ्छित घटनाहरुको अनुगमन तथा व्यवस्थापन गर्नुहुने विज्ञहरुलाई धन्यवाद दिएको छ ।

भारत सरकारले अनुदानमा कोभिशिल्ड खोप उपलब्ध गराएपछि यही माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु भएको थियो । सरकारले भारतले दिएको १० लाख डोज खोप पहिलो चरणमा ४ लाख ३० हजार अग्रपंक्तिमा खटिनेलाई लगाउने योजना बनाएको थियो ।

तर, योजना बनाए अनुसार स्वास्थ्यकर्मीले खोप नलाएपछि पहिलो चरणको खोप बचेको छ । खोप अभियानअन्तर्गत सरकारले दोस्रो चरणको खोप दिने वर्गमा पत्रकार,कूटनीतिकक नियोगका अधिकारीहरुलाई समेट्ने भएको छ । पहिलो चरणको खोप अभियान सकिएपछि मन्त्रालयले दोस्रो चरणको कार्यक्रम सुरु गर्ने योजना बनाएको हो

शनिबार मन्त्रालयले जारी गरेको विज्ञप्ति

  • २४ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech