कोरोना भाइरस संक्रमणबाट कोहलपुरकी महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ माघ २०७७, शनिबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एक महिलाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा कोहलपुर नगरपालिका ११ की ६८ बर्षीया महिलाको मृत्यु भएको हो ।

उनलाई माघ १४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसैदिन उनी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा शनिवार ४ः १८ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

  • २४ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech