प्रदेश १ का स्वास्थ्यकर्मीलाई २ करोड जोखिम भत्ता

    • स्वास्थ्य पेज

  • २४ माघ २०७७, शनिबार

विराटनगरः

कोरोना महामारीको बेला फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरूलाई दिने भनिएको ‘जोखिम भत्ता’का लागि प्रदेश १ सरकारले बजेट निकास गरेको छ ।

कोरोना जनसुरक्षा कोषबाट प्रदेश १ को विभिन्न अस्पतालमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरूको लागि कुल २ करोडरूपैयाँ जोखिम भत्ता प्रदेश सरकारले निकासा गरेको हो । त्यसैगरी, प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यालयका लागि ५० लाख ५० हजार रूपैयाँ निकास भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीले प्राप्त गर्नुपर्ने ‘कोरोना जोखिम भत्ता’ वापतको रकम १४ वटै जिल्लामा पठाएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिनुभयो ।

संघीय र प्रदेश सरकारले कोभिडको महामारीमा प्रत्यक्ष उपचारमा संलग्न हुने फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई १०० प्रतिशत र अन्यलाई ५० प्रतिशतसम्म जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

  • २४ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech