देशभर हाल ७५ जना संक्रमित आइसियु र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • २४ माघ २०७७, शनिबार

तस्बिर:फाइल

काठमाडौंः देशभर हाल ७५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६१ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ र प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा २९ आइसियु र १० भेन्टिलेटरमा, गण्डकीमा ३ जना संक्रमित मात्र आइसियुमा छन्। लुम्बिनी प्रदेशमा २७ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन्। सूदुरपश्चिम प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

  • २४ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech