पछिल्लो २४ घण्टामा ९९ संक्रमित थपिए, २४८ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २४ माघ २०७७, शनिबार

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा ९९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ९ सय ५९ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ९९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ९१ हजार १ सय ६६ पुगेको छ।

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ९५ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २ सय ४८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ।

  • २४ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech