कोभिड-१९ विरुद्धको पहिलो चरणको खोप अभियान: १ लाख ७१ हजार बढीले खोप लगाए

कोभिड-१९ विरुद्धको पहिलो चरणको खोप अभियान भोली शनिबार सकिदैछ ।दोस्रो चरणको खोप बारे छिट्टै नै जानकारी गराइने मन्त्रालयले जनाएको छ। भारत सरकारले अनुदानमा कोभिशिल्ड खोप उपलब्ध गराएपछि यही माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु भएको थियो ।


    • स्वास्थ्य पेज

  • २३ माघ २०७७, शुक्रबार

काठमाडौं: कोभिड-१९ विरुद्धको पहिलो चरणको खोप अभियान भोली शनिबार सकिदैछ । अभियानको दशौँ दिनसम्म नेपालभर १ लाख ७१ हजार बढीले खोप लगाएका छन् ।

७७ जिल्लाका २ सय १ खोप केन्द्रहरुबाट शुक्रबार सम्म १ लाख ७१ हजार ४ सय ८६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म प्रदेश नम्बर १ मा २३ हजार ८२, प्रदेश नम्बर २ मा २२ हजार सात सय ५६, वाग्मतीमा ५९ हजार नौ सय ४२ जनाले खोप लगाएका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा १७ हजार तीन सय १५, लुम्बिनीमा २६ हजार आठ सय ९८, कर्णालीमा आठ हजार ६ सय ८४ र सुदूरपश्चिममा १२ हजार आठ सय नौ जनाले खोप लगाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

दोस्रो चरणको खोप बारे छिट्टै नै जानकारी गराइने मन्त्रालयले जनाएको छ। भारत सरकारले अनुदानमा कोभिशिल्ड खोप उपलब्ध गराएपछि यही माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु भएको थियो ।

  • २३ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech