शुक्रबार देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २३ माघ २०७७, शुक्रबार

काठमाडौं :स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा २ हजार ७९९ नमुना परीक्षण गर्दा ४८ जना महिला र ५७ जना पुरुषमा कोभिड संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । गएको २४ घण्टामा देशभरबाट २७२ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसबाट निको हुनेहरुको कुल संख्या अब २ लाख ६७ हजार ५६४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २ जनाले ज्यान गुमाएका छन् ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या २ हजार ३५ पुगेको छ । अब देशभर सक्रिय संक्रमित २ हजार १०८ जना स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • २३ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech