डोटी कारागारका ५० जना कैदीबन्दीले लगाए कोरोना विरुद्धको खोप

    • स्वास्थ्य पेज

  • २३ माघ २०७७, शुक्रबार

डोटीः जिल्ला कारागार डोटीमा रहेका ८० जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य विष्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ५० जना कैदी बन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका ३० जना सुरक्षामकर्मीलाई उक्त खोप लगाइएको हो।

कारागारमा सुरक्षाकर्मी र कैदी बन्दी गरी टोटल ८४ जना राखिएको भए पनि चार जना कैदीबन्दीले उक्त खोप लगाउन नमानेको कोभिड सम्पर्क व्यक्ति विष्टले बताउनुभयो।

पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डोटीका फ्रन्ट लाइनमा काम गर्ने एक हजार ५२६ जना स्वास्थ्यकर्मी, कर्मचारीलाई उक्त खोप लगाउने योजनाअनुसार कैदी बन्दीसहित सुरक्षाकर्मीलाई पनि खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

 

  • २३ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech