नरैनापुरको प्राथमिक स्वास्थ्य केन्द्रमा इमर्जेन्सी सेवा सुरु

    • स्वास्थ्य पेज

  • २३ माघ २०७७, शुक्रबार

नरैनापुरः बाँकेको नरैनापुरको प्राथमिक स्वास्थ्य केन्द्रमा इमर्जेन्सी सेवा सुरु भएको छ । वडा नम्बर २ स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा इमर्जेन्सी सेवा सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले एक कार्यक्रमका वीच इमर्जेन्सी सेवाको शुभारम्भ गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा अध्यक्ष शाहले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिका सधैं तत्पर रहेको बताउनुभयो । बहिरंग सेवा प्रदान गर्दै आइरहेको स्वास्थ्य केन्द्रले इमर्जेन्सी सेवा सुरु गर्दा गाउँपालिकावासीलाई अब निकै सहज हुने अध्यक्ष शाहले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा भेरी अस्पताल नेपालगन्जकी नर्सिङ अधिकृत दुर्गालक्ष्मी श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही लगायतले मन्तव्य व्यक्त गर्नुभएको स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष एवम् वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाहको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख शाहले गर्नुभएको थियो ।

  • २३ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech