कोभिड-१९ विरुद्धको खोप अभियान:१ लाख ५८ हजार बढीले खोप लगाए

    • स्वास्थ्य पेज

  • २२ माघ २०७७, बिहीबार

तस्बिर:फाइल

काठमाडौं: कोरोना भाइरस विरुद्धको खोप अभियान अन्र्तगत नवौं दिनसम्म १ लाख ५८ हजार बढीले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पहिलो चरणको खोप अभियान सकिन २ दिन बाँकि  रहदा सम्म ७७ जिल्लाका २ सय १ खोप केन्द्रहरुबाट १ लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाएका छन् ।

मन्त्रालयले प्रदेश १ मा २१ हजार ७ सय ५४, प्रदेश २ मा २१ हजार १ सय ८५, बागमतीमा ५५ हजार ५ सय ४, गण्डकीमा १७ हजार २ सय ६७, लुम्बिनीमा २३ हजार ७ सय ९८, कर्णालीमा ८ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९ सय ७ जनाले खोप लगाएको जनाएको छ । पहिलो चरणको खोप अभियान पर्सी शनिबार सकिदैछ ।

यसैबिच मन्त्रालयले खोप सेवा लिनबाट बञ्चित नहुन नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटो सहितको परिचय पत्र लिई सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन सूचित समेत गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति

  • २२ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech