बिहिबार १७१ जनामा कोरोना संक्रमण पुष्टि, देशभर सक्रिय संक्रमित २२७७ जना

    • स्वास्थ्य पेज

  • २२ माघ २०७७, बिहीबार

काठमाडौं :देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहिबार थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५९ जना महिला र ११२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । मन्त्रालयका अनुसार बिहिबार २ सय २७ जना संक्रमण मुक्त भएका छन्।

योसँगै संक्रमण मुक्त हुनेहरुको कुल संख्या २ लाख ६७ हजार २ सय ९२ पुगेको छ। कोरोना भाइरस संक्रमणका कारण गएको २४ घण्टामा २ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या २ हजार ३३ पुगेको छ ।

देशभर २ हजार २ सय ७७ जना सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन्।

  • २२ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech