क्यान्सरबाट हुने जोखिम यसरी न्युनिकरण गर्न सकिन्छ(भिडियो सहित)

    • डा.प्रबिन योगी

  • २२ माघ २०७७, बिहीबार

नेपालगन्ज: आज विश्व क्यान्सर दिवस। प्रत्येक वर्ष फ्रेब्रुअरी ४ तारिखका दिन मनाइने दिवसका अवसरमा विश्वभर विविध कार्यक्रम भैरहेका छन् ।विभिन्न तथ्यांकका अनुसार क्यान्सरबाट वर्षेनी विश्वमा करिब ८० लाख जनाले ज्यान गुमाइरहेका छन् ।

नेपालमा मात्र हरेक दिन क्यान्सरका कारण ४५ जनाको ज्यान जाने गरेको एक अध्ययनले जनाएको छ ।नेपाल अर्बुद रोग निवारण संस्थाले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुने कुल मृत्यु मध्ये ९ प्रतिशत क्यान्सरका कारण हुने गरेको जनाएको हो ।

क्यान्सरको प्रकार पुरुष र महिलाहरुमा फरक फरक छ । फोक्सो, प्रोस्टेट, ठूलो आन्द्रा र मलद्वार, आमाशय र कलेजोको क्यान्सर पुरुषमा लाग्ने क्यान्सरका प्रमुख रुपहरु हुने भने महिलाहरुमा स्तन, ठूलो आन्द्रा र मलद्वार, फोक्सो, पाठेघरको मुख र थाइराइडको क्यान्सर मुख्य रुपमा लाग्ने क्यान्सरहरु हुन् ।

समयमै स्क्रिनिङ्ग(चेकजाँच)गर्नेहो भने क्यान्सरबाट हुने जोखिम न्युनिकरण गर्न सकिने चिकित्सकहरु बताउँछन् । वर्षमा १ पटक आफ्नो नियमित जाँचहरु गर्न बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा.प्रबिन योगी सल्लाह दिनुहुन्छ ।

डा.योगीसँग गरिएको भिडियो कुराकानी

  • २२ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech