विश्व क्यान्सर दिवस:खजुरास्थित क्यान्सर अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर

    • स्वास्थ्य पेज

  • २२ माघ २०७७, बिहीबार

नेपालगन्ज:क्यान्सरबाट हुने मृत्युलाई कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आज विश्व क्यान्सर दिवस मनाइँदै छ । विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत मानिस कुनै न कुनै क्यान्सरका बिरामी रहेको डब्लुएचओको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा हरेक दिन क्यान्सरका कारण ४५ जनाको ज्यान जाने गरेको एक अध्ययनले जनाएको छ ।नेपाल अर्बुद रोग निवारण संस्थाले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुने कुल मृत्यु मध्ये ९ प्रतिशत क्यान्सरका कारण हुने गरेको जनाएको हो ।

२१ औं विश्व क्यान्सर दिवसको अवसरमा बाँकेको खजुरास्थित ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अहिले नि:शुल्क स्वास्थ्य शिविर सन्चालन भइरहेको छ । बाँके र बर्दियाका विरामीहरु नि:शुल्क परामर्श र सेवा लिन अस्पतालमा छन् । शिविरमा चेकजाँच संगै आवश्यक औषधी समेत नि:शुल्क बितरण भैरहेको छ ।

अस्पतालले दिवसकै अवसरमा यसअघिनै खजुरा गाउँपालिका मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता समेत गरिसेकेको छ । त्यस्तै स्वास्थ्यकै लागि अस्पतालले कर्मचारीबिच ब्याडमिन्टन प्रतियोगिताको समेत आयोजना गरेको थियो । प्रतियोगिताका बिजेतालाई आज पुरस्कार वितरण गरिएको छ ।
खजुरामा भैरहेको नि:शुल्क स्वास्थ्य शिविर स्थलमा स्वास्थ्य पेजले कैद गरेका केहि तस्बिर :

 

 

 

  • २२ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech