नेपालले कोभ्याक्सअन्तर्गतको २२ लाख ५६ हजार डोज खोप पाउने

    • स्वास्थ्य पेज

  • २२ माघ २०७७, बिहीबार

नेपालगन्ज: नेपालले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को कोभ्याक्सअन्तर्गतको २२ लाख ५६ हजार डोज कोभिड—१९ विरुद्धको खोप पाउने भएको छ । सो मात्रा नेपालको जनसंख्याको ३ दशमलव ३ प्रतिशतलाई पुग्ने संख्या रहेको हो ।

विश्व स्वास्थ्य संगठनले बिहीबार बिहान प्रकाशित गरेको अन्तरिम कोभ्याक्स डिस्ट्रिब्युसन फोरकास्ट चार्टकाअनुसार गरिब मुलुक भएकाले नेपालले त्यति संख्यामा खोप पाउने तालिका सार्वजनिक गरेको हो ।

विश्व स्वास्थ्य संगठनले अक्सफोर्ड भ्याक्सिन द भ्याक्सिन एलाइन्सलगायतका संस्थासँग सहकार्यमा खोप खरिद गरी गरिब मुलुकहरुलाई दिने तयारी गरेको हो । नेपाललाई यसअघि भारत सरकारले १० हजार भाइल खोप उपलब्ध गराइसकेको छ ।

अहिले सो खोप कोरोना विरुद्ध अघिल्लो पंक्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई लगाइरहेको छ । विश्व स्वास्थ्य संगठनले अक्सफोर्ड र एस्ट्राजेनेका मिलेर उत्पादन गरेको कोभिशिल्ड खोप २ सय ४० मिलियन डोज किन्ने तयारी गरेको छ ।

जसमा तत्काल ९६ मिलियन खरिद गरी आकस्मिक प्रयोगका लागि विभिन्न देशमा बाँड्ने तयारी गरेको हो ।

  • २२ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech