आज विश्व क्यान्सर दिवस:क्यान्सर भएको कसरी थाहा पाउने?

अध्ययनहरुकाअनुसार क्यान्सरका कारण ज्यान गुमाएकामध्ये २२ प्रतिशत सूर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाइन्छ ।


    • स्वास्थ्य पेज

  • २२ माघ २०७७, बिहीबार

नेपालगन्जः क्यान्सरबाट हुने मृत्युलाई कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आज विश्व क्यान्सर दिवस मनाइँदै छ । विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत मानिस कुनै न कुनै क्यान्सरका बिरामी रहेको डब्लुएचओको तथ्याङ्कमा उल्लेख छ।

क्यान्सरबाट वर्षेनी विश्वमा करिब ८० लाख जनाको मृत्यु हुने गरेको विभिन्न तथ्यांकले बताएका छन्। अमेरिकन क्यान्सर सोसाइटीको अध्ययनअनुसार सन् २०३० सम्ममा विश्वभर २३ करोड ६० लाख व्यक्ति क्यान्सरबाट पीडित हुनेछन्, जुन संख्या प्रत्येक तीन व्यक्तिमध्ये एक जना क्यान्सरको बिरामी हुन आउँछन्।

विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिने डाक्टरहरुले बताएका छन् ।अध्ययनहरुकाअनुसार क्यान्सरका कारण ज्यान गुमाएकामध्ये २२ प्रतिशत सूर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाइन्छ ।

१० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, जाँडरक्सी पिएर र नियमित व्यायामको कमीले हुने रोग र सङ्क्रमणका कारणले क्यान्सर हुने गरेको छ । बाँकी क्यान्सरका कारणहरुमा विकीकरण र विभिन्न संक्रमणहरु पनि रहेका छन् ।

विकासोन्मुख देशहरुमा भने हेपाटाइटिस बी, सी, ह्यूमन प्यापीलोमालगायत भाइरसले पनि क्यान्सर हुने गरेको छ । यस्तै ५ देखि १० प्रतिशतसम्म पुस्तैनी रुपमा आनुवांशिक क्यान्सर हुने गर्छ ।

किन हुन्छ क्यान्सर?
क्यान्सर हुने खास कारण पत्ता लागेको छैन। तैपनि ५० प्रतिशत जति क्यान्सर खानाको कारणले लाग्ने गर्छ। यीमध्ये धेरैजसो क्यान्सर बोसोयुक्त मासु, पोलेको मासु आदि खाएर मोटाएर तथा धूमपान, मदिरा सेवन आदिको कारणले लाग्ने गर्छ। चुरोटले मात्र पनि करिब ३५ प्रतिशत क्यान्सर हुने जोखिम हुन्छ।

अन्य कारणमा एचआइभी/एड्स, हेपाटाइटिस बी, एचपिभी भाइरस, एच पाइलोरी आदि रहेका छन्। विकिरण उत्पन्न हुने क्षेत्रमा काम गर्ने, रंग्याउने रसायन, एसबेस्टस तथा प्रदूषित वातावरण पनि क्यान्सरको प्रमुख कारक तत्व मानिन्छ।

क्यान्सर भएको कसरी थाहा पाउने?
अमेरिकी क्यान्सर सोसाइटीले लामो अध्ययनपछि क्यान्सरका लक्षण प्रकाशित गरेको छ। यीमध्ये कुनै पनि लक्षण देखापरेमा क्यान्सर भएको हुनसक्छ:
– खाना अपच वा निल्न गाह्रो भएमा,
– स्तन वा अन्य ठाउँमा नदुख्ने गिर्खा आएमा,
– निको नहुने गरी खोकी वा स्वर धोक्रो भएमा,
–    कोठीको आकार बढेर ठूलो हुँदै गएमा,
– निको नहुने घाउ भएमा,
– घाउबाट अत्यधिक रक्तस्राव या पिप आएमा,
– दिसा वा पिसाबको तालिका फेरिएमा,

कसरी जोगिने?

– धुमपान गर्नुहुँदैन।
– रक्सीको सेवन नगर्ने।
– शरसफाइयुक्त खाना खाने।
– आहारमा अधिक बोसो नलिने।
– रेडिएशनको सम्पर्कबाट जोगिने।
– नियमित व्यायम गर्ने।
– शरीरको तौल सामान्य बनाइराख्ने।
– हैरानी आउँदा डाक्टरसँग सल्लाह लिने।

  • २२ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech