नेपालमा हरेक दिन क्यान्सरका कारण ४५ जनाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक

नेपालमा हुने कुल मृत्यु मध्ये ९ प्रतिशत क्यान्सरका कारण हुने गरेको एक अध्ययनले जनाएको छ ।क्यान्सरबाट हुने मृत्यु विभिन्न कारणले हुन्छ, तीमध्ये सूर्तीजन्य पदार्थको प्रयोगले मृत्यु हुने एक कारक तत्व हो।


    • स्वास्थ्य पेज

  • २१ माघ २०७७, बुधबार

काठमाडौं: नेपालमा हरेक दिन क्यान्सरका कारण ४५ जनाको ज्यान जाने गरेको एक अध्ययनले जनाएको छ ।

नेपालमा हुने कुल मृत्यु मध्ये ९ प्रतिशत क्यान्सरका कारण हुने गरेको उक्त अध्ययनमा उललेख छ । विश्व क्यान्सर दिवसको पुर्वसन्ध्यामा काठमाडौमा एक कार्यक्रमको आयोजना गरी नेपाल अर्बुद रोग निवारण संस्थाले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

अर्बुद रोग निवारण संस्थाका अनुसार नेपालमा बार्षिक २६ हजारभन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन्।अध्ययन अनुसार बार्षिक १७ हजार जनाको क्यान्सरका कारण मृत्यु हुने गरेको छ ।

क्यान्सरबाट हुने मृत्यु विभिन्न कारणले हुन्छ, तीमध्ये सूर्तीजन्य पदार्थको प्रयोगले मृत्यु हुने एक कारक तत्व हो। हरेक वर्ष ४ फ्रेबुअरीमा मनाइने विश्व क्यान्सर दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइन्छ ।

यस वर्षको क्यान्सर दिवसका लागि ‘म हुँ र म गर्छु’ नारा तय गरेको छ।

  • २१ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech