कोरोना भाइरस विरुद्धको खोप अभियान १ लाख ४५ हजार बढीले खोप लगाए

    • स्वास्थ्य पेज

  • २१ माघ २०७७, बुधबार

काठमाडौं:कोरोना भाइरस विरुद्धको खोप अभियानको आठौं दिनसम्म देशभर १ लाख ४५ हजार ८४४ जनाले कोभिड विरुद्धको खोप प्राप्त गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २०१ खोप बुथहरुबाट उनिहरुलाई कोभिसिल्ड खोप दिईएको हो ।

हालसम्म प्रदेश १ मा २० हजार १५५ जना, प्रदेश २ मा १९ हजार ६६३, बागमती प्रदेशमा ५० हजार ७५० जना, गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनी प्रदेशमा २१ हजार ४५४ जनाले खोप प्राप्त गरेका छन् ।

यस्तै कर्णाली प्रदेशमा ७ हजार ३२६ र सुदूरपश्चिममा १० हजार १ जनाले खोप लगाएकोे मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पहिलो चरणको खोप अभियान अबको तीनदिनमा सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • २१ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech