कोरोनाविरूद्ध अर्बौ चन्दा संकलन गरेका १०० वर्षे योद्धा कोरोनासँग हारे

    • स्वास्थ्य पेज

  • २१ माघ २०७७, बुधबार

काठमाडौं: कोरोनाविरूद्ध अर्बौ चन्दा संकलन गरेका बेलायती सेनाका पूर्व सैनिक कर्नेल टम मुरको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

सन् २०२० अप्रिल ३० मा सय वर्ष पुगेका वेलायती सेनाका ‘वार भेट्रान’ कर्नेल मुरले कोरोना विरूद्धको लडाईँ लड्न ५ अर्ब भन्दा बढी रूपैयाँ चन्दा संकलन गर्नुभएको थियो ।

बिबिसीका अनुसार गत साता कोरोना भाइरसको संक्रमण देखिएका उहाँलाई सास फेर्न गाह्रो भएपछि आइतबार बेडफोर्ड अस्पताल भर्ना गरिएको उहाँकी छोरी हन्ना इन्ग्राम-मूरले बताउनुभयो ।

निमोनिया भएको थाहा पाएपछि उहांले परिवारका सदस्यसँग घन्टौं कुराकानी गरेको बताइएको छ।

  • २१ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech