कोरोना विरुद्धको खोप लगाएका ४ जना स्वास्थ्यकर्मी अस्पताल भर्ना

    • स्वास्थ्य पेज

  • २१ माघ २०७७, बुधबार

नेपालगन्ज: नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाएका ४ जना स्वास्थ्यकर्मी अस्पताल भर्ना भएका छन् ।

खोप लगाएपछि स्वास्थ्य समस्या देखिएका ती चार जना स्वास्थ्यकर्मीहरुको पाटन अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, सिन्धुली अस्पताल र सुर्खेत अस्पतालमा उपचार भैरहेको छ। अस्पताल भर्ना भएका उनीहरुको स्वास्थ्यमा सुधार हुँदै आएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

विभागकाअनुसार हालसम्म खोप लगाइएका ५० प्रतिशतमा ज्वरो आउने, टाउको दुख्नेजस्ता सामान्य स्वास्थ्य समस्या देखिएका छन्। अहिलेसम्म नेपालमा १ लाख १५ हजारले कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाएका छन् ।

  • २१ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech