गोठमै सुत्केरी हुन बाध्य

    • स्वास्थ्य पेज

  • २१ माघ २०७७, बुधबार

हुम्ला : खार्पुनाथ गाउँपालिकाको एक वडामा परम्परागत रुपमै महिलाहरु गोठमै सुत्केरी हुन बाध्य छन्। वडाको स्वास्थ्य चौकीमा प्रसूति गृह नभएपछि घरको गोठमा बच्चा जन्माउन बाध्य हुनुपरेको हो।

चंखेली गाउँपालिका वडा नम्बर ५ की जानकी ऐडीले गाउँमा महिलाहरु अहिले पनि गोठमै सुत्केरी हुनु पर्ने बाध्यता रहेको बताउनुभयो ।

स्वास्थ्य चौकीमा सुत्केरी गराउनका लागि आधुनिक सुविधा सम्पन्न प्रसूति गृहको व्यवस्था नभएपछि गाउँकै गोठमा महिलालाई परम्परागत सुडेनीबाट सुत्केरी गराउनु बाध्यता रहेको हो।

गर्भवती महिलाहरु सुत्करी हुन कठिन भएको बेला हेलिकोप्टरबाट उद्धार गर्ने गरिएको भए पनि अन्य सबै महिलाहरुले गोठमै सुत्केरी हुनु बाध्यता रहेको स्थानीय जनक रावलको भनाइ छ।

खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले वडा नम्बर २ मा साउनयता १७ जना महिलाहरु गोठमै सुत्केरी भएको बताउनुभयो ।

उक्त वडाबाट पसूति गृहमा सुत्केरी भएबापत पाउने भत्ता सबै फिर्ता जाने गरेको छ। यद्यपि उनीहरुको गर्भ जाँच भने हुने गरेको छ ।

  • २१ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech